Incident Reports

छाेराकाे कुटाइले बुबाको ज्यान गयाे

2019-01-23

Province 1, Jhapa, Damak, Ward 1

दमक - झापाको दमकमा छोराको कुटाइबाट बुबाको मृत्यु भएको छ। दुबै जनाबीच विवाद भएपछि छोराले बुबामाथि कुटपिट गरेका थिए।

दमक– १ स्थित फाल्गुनन्द चाेक बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपानेबीच घरायसी विषयमा बुधबार दिउँसो झगडा भएको थियो। सोही क्रममा छोरा विशालको कुटाइबाट  ५८ वर्षीय बाबु राजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। कुटपिटबाट बुबाको छाती र टाउकोमा चोट लागेको थियो।

कुटाइबाट गम्भीर घाइते भएका उनको स्थानीय लाइफलाइन अस्पतालमा उपचार हुन नसकी विराटनगरस्थित न्यूरो अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले बताए। प्रहरीले घटनाको आवश्यक अनुसन्धानका लागि छोरा विशाललाई नियन्त्रणमा लिएको छ। 

 



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments

Related Reports