Incident Reports

दृष्टिविहीन बालकलाई विद्यालयमा थुनेर यातना दिएको आरोप

2019-01-23

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 5

जुगल गाउँपालिका–४ घरभई चौतारा सागाचोकगढी नपा–५ स्थित बनदेवी मावि, चौतारामा अध्ययरत दृष्टिविहीन ११ वर्षीय कर्म तामाङलाई सोही विद्यालयकी शिक्षिका सावित्री सिल्वालले माघ ९ गते दिउँसो कार्यालय कोठामा थुनेर तीन घण्टा सम्म यातना दिएको पीडित पक्षको आरोप छ ।

दिउँसो २ः३० बजे बाट अफिसकोठामा ताला लगाएर बन्द गरी थुनेर राखेपछि पीडित बालकले बेलुकी ६ बजेपछि चिच्याए कराएपछि आपूले थाहा पाएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर कार्कीले बताए ।

आफ्नो विद्यालयका विद्यार्थीलाई शिक्षकले अफिस कोठामा ताला लगाएर थुनेर यातना दिएको जानकारी पाएपछि इन्सेक जिल्ला प्रतिनिधि, पत्रकार र जिल्ला प्रहरी कार्यलयमा प्रधानाध्यापक कार्कीले फोन गरी जानकारी गराएका थिए ।

प्रअबाट जानकारी पाएपछि सबैपक्ष विद्यालयमा उपस्थित भएका थिए । सबैको उपस्थितिमा शिक्षिकाले लगाएको ताला फोरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रविण घलेको नेतृत्वमा बन्धक रहेका विद्यार्थीलाई उद्धार गरेका थिए ।

विद्यार्थीलाई कोठामा ताला लगाइ यातना दिने शिक्षिकालाई प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा माघ ९ गते उपस्थित गराएको थियो ।

आफूले गल्ती गरेको स्वीकार गरेपछि प्रहरीले गिरफ्तार गरेका शिक्षिकालाई सोही दिन तारेखमा रिहा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
INSEC

0 Comments