Incident Reports

पत्नी हत्या घटनाको आशङ्कामा पति गिरफ्तार

2019-01-23

Karnali, Jumla, Guthichaur, Ward 3

गुठिचौर गाउँपालिका–३ गज्याङ्कोटकी ३१ वर्षीया भगवती भण्डारीको हत्या गरेको आशङ्कामा प्रहरीले ३२ वर्षीय पति धिरबहादुर बुढालाई माघ १० गते गिरफ्तार गरेको छ ।

मृतकका आफन्तले भगवतीको आत्महत्या नभई हत्या गरेर झुण्डाएको हुनुपर्ने आशङ्का गरेका छन् । मृतक भगवतीको शव घरमै माघ ९ गते झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सिताराम सिजालका अनुसार हत्या हो या आत्महत्या हो घटना अनुसन्धानमै रहेको छ । ‘मृतकका आफन्तले घटनाका विषयमा किटानी जाहेरी पनि ल्याएका छैनन् ।’–उनले भने । शवको पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा राखिएको छ ।

मृतकका आफन्तले शव बुझेका छैनन् । आत्महत्या नभई हत्या गरिएको भन्दै माघ १० गते खलङ्गामा प्रदर्शनसमेत भएको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments