Incident Reports

मदिरा खाएर मन्दिर तोडफोड गर्ने पक्राउ

2019-01-23

Bagmati, Nuwakot, Panchakanya, Ward 2

नुवाकोटको पूर्वी भेगमा रहेको कविलासस्थित सिद्धिगणेश मन्दिर तोडफोड गर्ने एकजना पक्राउ परेका छन्।  मन्दिर तोडफोड गर्ने २० वर्षीय योगेश नेपाललाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो। 

नेपालले सदरमुकाम विदुरदेखि २५ किलोमिटर पूर्वमा रहेको पन्चकन्या गाउँपालिका-२ कविलास वेलचौस्थित सिद्धिगणेशको मन्दिर र त्यसभित्र रहेका मूर्ति तोडफोड गरेका थिए। उनले बुधबार बेलुकी मादक पदार्थ सेवन गरी मन्दिरमा रहेका तीन थान मूर्ति फुटाइदिएको स्थानीय वृद्ध मधु कोइरालाले जानकारी दिए। 

मन्दिरमा प्रत्येक वर्षको चैत्रे दशैं र फुलपातीका दिन विशेष मेला लाग्ने गर्छ भने दैनिक पूजाआरती हुँदै आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Hindu Religious Organization
Actor 2 - Youth noyouth
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports