Incident Reports

छिमेकीमा टिभी हेर्न गएकी बालिका खोलामा मृत भेटिइन्

2019-01-27

Province 1, Morang, Biratnagar

११ वर्षीय एक बालिका मृत अवस्थामा भेटिएकी छन्। शनिबार राति ८ बजेदेखि सम्पर्कविहीन भएकी गुडिया भनिने रुपमति दास विराटनगर महानगरपालिका र कटहरट्ठ गाउँपालिकाको सीमामा पर्ने सिंगिया खोलामा मृत भेटिएकी हुन्।

विराटनगर महानगरपालिका वडा नम्बर ८ र कटहरी गाउँपालिका वडा नम्बर २ को सीमानामा रहेको सिंगिया खोलामा निवश्त्र अवस्थामा बालिकालाई हत्या गरेर फालिएको भेटिएको मोरङ प्रहरीका डिएसपी कृष्ण खड्काले जानकारी दिए। उनका अनुसार बालिकाको अनुहारमा रगत बगेको छ।

रुपमति शनिबार राति ८ बजे छिमेकीको घरमा टिभी हेर्न भनेर गएको आमा आमा मन्नीदेवी दासले बताइन्। तर उनी छिमेकीकहाँ टिभी हेर्न पुगिनन्। छिमेकी मोहम्मद नहिमकहाँ बालिकाका बाबु रामप्रसाद दास पहिले नै टिभी हेरिरहेका थिए।

जब उनी घर फर्किए र पत्नीलाई भेटे तबमात्र थाहा भयो टिभी हेर्न भनेर हिँडेकी छोरी अन्त कतै पुगिन्। स्थानीयको सहयोगमा परिवारले रातभर बालिकाको खोजबिन गरेका थिए।

तर बिहान खोलामा माछा मार्ने क्रममा केही स्थानीयले पानीमा डुबिरहेको अवस्थामा रुपमतिको शव देखेपछि प्रहरी र गाउँलेहरूलाई खबर गरे। बालिकाकी हजुरआमा सीता दासले शव पानीबाट बाहिर निकालेकी थिइन्।

डिएसपी खड्का नेतृत्वको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ। प्रहरीका अनुसार उनले लगाएका चप्पल घर नजिकैको चौरमा भेटिएको छन्। उनका कपडा भने भेटिएक छैनन्।

बालिका स्थानीय नारायण आधारभूत विद्यालयमा कक्षा १ मा पढ्थिन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments