Incident Reports

युवती अपरहण गर्न खोजेको अभियोगमा तीन युवा पक्राउ

2019-01-28

एकजना युवतीलाई अपहरण गर्न खोजेको अभियोगमा तीन जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं। २ सुर्केडाँगी निवासी २४ बर्षीय बिकाश चौधरी, २१ बर्षीय बिकेन्द्र चौधरी र रामपुर निवासी २२ बर्षीय दिपक नेपाली रहेको जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनीहरुले तीन जनाले गत शुक्रवार घोराहीको वडा नं। ३ भैंसकुर निवासी  १९ बर्षीया एकजना युवतीलाई जवरजस्ती अपहरण गरि टेम्पोमा लैजाने खोजेको प्रहरीले जानकारी दिएको छ ।
घोराहीको तुलसीपुर चोकबाट उनीहरुले ती किशोरीलाई जवरजस्ती नियन्त्रणमा लिएको तथा सिनेमा हेर्न जाने भन्दै झुक्काएर अनेत्रै लग्दै थिए । पीडित युवतीले दिएको निवेदनमा जवरजस्ती आफुलाई उनीहरुले घोराहीको रामपुर तर्फ टेम्पोमा लैजादै गर्दा लक्ष्मिपुर चोकमा प्रतिकार गरेपछि स्थानीयले सयहोगले आफु उम्कन सफल भएको उल्लेख गरेकी छन् । प्रतिकारका क्रममा उनी टेम्पोबाट सडकमा लड्न पुग्दा सामान्ने घाइते समेत भएको प्रहरीले जानकारी दिएको छ । युवती चिच्चाएर गुहार माग्दै प्रतिकार गरेको देखेपछि स्थानीयले सहयोग गरेको हुँदा तीनैजना युवा पक्राउ परेको प्रहरीले बताएको छ । पीडित युवतीको जाहेरीको आधारमा पक्राउ परेका तीनै जना विरुद्ध मुलुकी अपराध ९संहिता० ऐन २०७४ को परिच्छेद १७ को दफा २११ बमोजिम अपहरण उद्योग शिर्षकमा मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Female Injured 1
Youth Injured 1
Other Sources

0 Comments