Incident Reports

अज्ञात समूहको आक्रमणबाट एमाओवादी कार्यकर्ता घाईते l

2013-11-17

Gandaki, Myagdi, Annapurna

Ghanashyam Khadka म्याग्दी । ०७० मङ्सिर १ गते, चुनाव प्रचार-प्रसारको घरदैलो कार्यक्रममा रहेका एनेकपा माओवादीका जिल्ला सदस्य एवम् शिख गाविस-२ का बागविर पाईजा कात्तिक २९ गते राती ९ बजे शिख गाविस-४ देउरालीमा नकावधारी समूहको आक्रमण घाइते भएको जिल्ला प्रहरीले जनाएको छ । घाइते पाईजाको स्थानीय शिख उपश्वास्थ्य चौकीमा उपचार गरिएको छ । पाईजाको निधारमा छ ओटा टाँका लगाइएको प्रहरीले बतायो । भवन नजिक चुनावि विषयमा छलफल भइरहेको अवस्थामा पाँच जनाको सङ्ख्यामा आएका व्यक्तिले लाठीले आक्रमण गरेको थियो । आक्रमणमा एमाओवादीका अर्का जिल्ला सदस्य कूलविर राम्जालीको नाकमा चोट लागेको छ । स्थानीयका अनुसार माओवादी कार्यकर्ताहरूले आक्रमणकारीलाई समाउने प्रयास गर्दा पिस्तोल पड्काउँदै भागेका थिए । प्रहरीले गोली चलेको कुरा अस्वीकार गरेको छ । 'कुटपिटको घटना भएको भए पनि गोली चलेको कुरा प्राणित भएको छैन । सत्य होईन' प्रहरी नायव उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताए । घनश्याम खड्का

0 Comments

Related Reports