Incident Reports

कुरुवाले पिटे अस्पतालका महिला सुरक्षा गार्ड

2019-01-31

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं - अस्पतालको सुरक्षामा खटिएकी वीर अस्पतालकी सुरक्षा गार्ड कुटिएकी छिन्। मंगलबार वीर अस्पतालको पेइङ वार्ड बाहिरको ड्यिुटीमा खटिएकी २३ वर्षीया निर्मला कालिकोटेमाथि कुटपिट भएको हो। अस्पतालको नियमानुसार अनुमति पत्र देखाएर मात्र भित्र जान अनुरोध गरेको कारण आफू माथि कुटपिट भएको निर्मलाले बताइन्। उनलाई मंगलबार सञ्जु लामा र उनीसँगै आएका एक पुरुषले कुटपिट गरेको अस्पतालले जनाएको छ।

कुटपिटका क्रममा कालिकोटेको कपाल उखेलिएको छ भने टाउकोको पछिल्लो भाग र अनुहारमा चोट लागेको छ। ‘आगन्तुक महिलाले एक्कासि ममाथि हात हालिन्। उनीसँग आएका पुरुषले छुट्टयाए जस्तो गरी पिटे,’ उनले भनिन्। अस्पतालका सुरक्षा गार्डले हातपात गर्ने दुवैलाई जनसेवा प्रहरीमा बुझाएका छन्। दोषीउपर कारबाहीको माग गर्दै पीडित कालिकोटेले जनसेवामा उजुरी दिएकी छिन्। घटना विवरणअनुसार हेटौंडा घर भई हाल काठमाडौं नयाँबजार बस्ने सञ्जु मंगलबार बिहान ९ बजे बिरामी भेट्न खोज्दै थिइन्। अनुमतिपत्र बिना आएका उनलाई गार्ड कालिकोटेले रोकिन्। आफू रोकिनुपरेपछि तामाङले कालिकोटेलाई अपशब्द बोलिन्। हात हालिन्। हात हालेलगत्तै उनीसँगै आएका युवकले पनि हातपात गरे। ‘ती पुरुषले हात हालेको सिसी क्यामेरामा स्पष्ट देखिन्छ,’ उनले भनिन्।

घटनापछि दुवैलाई अस्पतालका सुरक्षा गार्डले नियन्त्रणमा लिई जनसेवा पुर्‍याइयो। जनसेवा प्रहरी न्युरोडका डिएसपी टेकुनन्द लिम्बुले दुवैलाई थुनामा राखी अभद्र व्यहवारअन्तर्गत सार्वजनिक मुद्दा प्रक्रिया अघि बढाइएको बताए। ‘उनीहरुबाट अभद्र व्यवहार भएकाले म्याद थप गरी कारबाही अघि बढाइएको छ,’ उनले भने।

वीर अस्पतालका सुरक्षा गार्डमाथि कुटपिटका घटना भइरहन्छन्। यसअघि पनि अस्पतालका एक सुरक्षा गार्ड कुरुवाबाट कुटिँदा उनको नाकको हड्डी भाँच्चिएको थियो। अस्पतालभित्र पस्ने क्रममा प्रायः विवाद र ठेलमठेल हुन गर्छ। नियमअनुसार बिहान ८ बजेभित्र र बेलुकी ३ बजेपछि मात्र बिरामी भेट्न पाइन्छ। अन्य समयमा बिरामी भेट्नको लागि भने कुरुवासित अस्पतालले दिएको अनुमति पत्र हुनुपर्छ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports