Incident Reports

अखिल (क्रान्तिकारी)द्वारा अमेरिकाविरुद्ध प्रदर्शन

2019-01-27

Gandaki, Kaski, Pokhara Lekhnath

सत्तारुढ दलको भातृ संगठन अखिल (क्रान्तिकारी)ले भेनेजुयलामाथि हस्तक्षेप नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिँदै प्रदर्शन गरेको छ।

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशले पोखराको जनप्रिय बहुमुखी क्याम्पस अगाडि पम्प्लेट प्रदर्शन एवं कोण सभा गरेको हो।

उक्त कोण सभालाई सम्बोधन गर्दै, अखिल (क्रान्तीकारी) गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटाले राष्ट्र सानो होस् या ठुलो सबैको सार्वभौमिकता बराबर हुने बताए। उनले एउटा स्वतन्त्र राष्ट्र भेनेजुयलाको पक्षमा बोल्दा अर्को राष्ट्रले स्पस्टिकरण सोधेको भन्दै आपत्ति पनि प्रकट गरे।

उनले साम्राज्यबादको नाईके अमेरिकाको यो हस्तक्षपकोविरुद्ध सरकारले नै निन्दा गनुपर्ने माग गरे।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth na
National/Online Media

0 Comments