Incident Reports

छापामार शैलीमा सिंहदरबार अगाडि नेविसंघको प्रदर्शन

2019-02-01

Bagmati, Kathmandu, Kathmandu

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्धको आन्दोलनलाई चर्काउँदै गएको छ । काँग्रेसको अवरोधका बाबजुद संघीय संसदबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित भएपछि सरकारविरुद्ध आन्दोलन सुरु गरेको नेविसंघले शुक्रबार सिंहदरबारको मूलगेट अगाडिको निषेधित क्षेत्र तोड्दै आन्दोलनलाई झनै चर्काएको हो ।

त्यस अवसरमा नेविसंघका ८ जना कार्यकर्ताहरुले कालो बेलुनमा सरकारविरोधि नारा लेखेर उडाएका थिए । उनीहरुले निषेधित क्षेत्र पृथ्वीनारायण शाहको शालिकबाटै सो बेलुन उडाएपछि डा.गोविन्द केसीको जीवन रक्षा गर्न र निर्मला पन्तलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि लगाएका थिए ।

नेविसंघले गत माग ११ गते प्रतिनिधिसभाबाट डा.केसीसँग गरिएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि त्यसको विरोधमा आन्दोलनलाई तीव्रता दिएको हो । डा.केसीको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्धको आन्दोलनलाई झनै आक्रामक बनाउने नेविसंघको चेतावनी छ । नेपाली काँग्रेसले डा.केसीको माग सम्बोधन नगरेको, निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको, महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सुरु गरेको आन्दोलनलाई विद्यार्थी संगठन नेविसंघले तीव्रता दिएको हो ।

संगठनका केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा प्रदर्शन भएको नेविसंघले जनाएको छ । प्रदर्शनमा निरन्जन थापा, पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा, जानुका पन्त ,सुशान्त आचार्य, सन्तोष गुरुङ, सुवास घिमिरे, मंगल गुरुङ, विजय ढुङ्गाना, सुदिप अधिकारी लगायत सहभागी थिए । निशेधित क्षेत्रमा छापामार शैलीमा भएको सो प्रदर्शनको प्रहरीले सुइको समेत पाएन ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments