Incident Reports

काङ्ग्रेसको आक्रमणमा तीनजना घाइते l

2013-11-15

Bagmati, Dhading, Galchi

Sitaram Adhikari धादिङ । ०७० मङ्सिर १ गते, काङ्ग्रेस कार्यकर्ताले कल्लेरी गाविस-४ बरभञ्ज्याङमा कात्तिक २९ गते राती तरवार प्रहार गर्दा तीन जना एमाले कार्यकर्ता घाइते भएका छन् । बसिरहेको स्थानमा काङ्ग्रेस कार्यकर्ताले तरवार प्रहार गर्दा सेही गाविस-४ बरभञ्ज्याङका ५५ वर्षीय नरबहादुर गन्द्रमा, २५ वर्षीय दीपक लामिछाने र एकबहादुर लामिछाने घाइते भएका हुन् । घाइते भएका नरबहादुर र दीपक गम्भीर घाइते भएकोले उपचारका लागि काठमाडौँ स्थित वीरअस्पतालमा उपचारका लागि लगिएको छ । घटनाका सम्बन्धमा प्रहरी नाउव उपरीक्षक अशोक सिंहले प्रहरीलाई घटनास्थलमा पठाइएको र घटनामा सम्लग्नलाई गिरफ्तार गर्ने जानकारी दिए । सीताराम अधिकारी

0 Comments

Related Reports
Related Trend Analysis