Incident Reports

पत्रकार खड्कालाई स्थानीयद्वारा दुर्व्यवहार, पत्रकार महासङ्घद्वारा निन्दा

2019-02-01

Lumbini, Kapilbastu, Bijayanagar

विजयनगर गाउँपालिकामा माघ १८ गते गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले नेपाल पत्रकार महासङ्घका जिल्ला शाखा कोषाध्यक्ष दिपक खडकामाथि दुर्व्यवहार गरेको घटनाको नेपाल पत्रकार महासङ्घ शाखा कपिलवस्तुले निन्दा एव भत्र्सना गरेको छ ।

सुशासन र जबाफदेहिता अभिवृद्धि गर्ने उद्देश्य सहित नेपाल पत्रकार महासघ कपिलवस्तुको सहजिकरणमा ङरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय लोकबहादुर श्रीस, मदन सापकोटा, कृष्ण सापकोटा र कमल सापकोटाले पत्रकार खड्का, गाउँपालिका अध्यक्ष गोपाल खडकालगायत कार्यक्रममा सहभागी अन्य पत्रकारहरूलाई समेत दुर्व्यवहार गरी गाली गलौजसमेत गरेका थिए ।

गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधा, सेवाग्राहीको गुनासो, सन्तुष्टी तथा सुझाव सङ्कलन गर्दै जनताको सहज पहुँच र सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित सार्वजनिक सुनुवाइमा व्यक्तिगत द्वेषका कारण गालीगलौज गरेको पीडित पक्षको आरोप छ ।

त्यसरी अभद्र व्यवहार गर्नु गलत भएको ठहर गर्दै त्यस्ता व्यवहार आगामी दिनमा सच्याउन नेपाल पत्रकार महासङ्घका अध्यक्ष डिलाराम भुसाल र सचिव हरि अधिकारीद्वारा माघ १९ गते जारी प्रेस विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।


नन्दराम पौडेल


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Secondary Form Harassment
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
INSEC

0 Comments

Related Reports