Incident Reports

नेविसंघद्वारा पोखरामा प्रधानमन्त्रीको पुत्लादहन

2019-02-01

Gandaki, Kaski, Pokhara Lekhnath

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले कम्युनिष्ट सरकारविरुद्ध चर्को नाराबाजी गर्दै पोखरामा आज प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

प्रधानमन्त्री ओली आफैंले गरेको सम्झौताविपरीत कम्युनिष्ट सरकारले डा.गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा नगरी विधेयक पारित गरेको, निर्मला पन्तको हत्यारा पत्ता लगाई कारवाही गर्न नसकेको र भ्रष्ताचारमा संलग्नलाई संरक्षण गरेको भन्दै नेवि संघले प्रदर्शन गरेको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments