Incident Reports

भित्र अधिवेशन, बाहिर लिम्बुवान खम्बुवान माग्दै धर्ना

2019-02-03

Province 1, Morang, Biratnagar

प्रदेश नं १ हिउँदे अधिवेशन आइतबारदेखि निकै नै रोचक तरिकाले प्रारम्भ भएको छ । प्रदेश सभामा एक सीटमात्रै प्रतिनिधित्व रहेको पार्टीले संसद भवन बाहिर गरेको धर्ना र विरोधसभाका वीच हिउँदे अधिवेशन सुरु भएको हो ।

प्रदेशसभामा एक सीटको प्रतिनिधित्व गर्ने संघीय लिम्बुवान पार्टीले हिउँदे अधिवेशन उदघाटन हुनै लाग्दा संसद भवन बाहिर धर्ना र प्रदर्शन थालेको थियो । सो पार्टीले प्रदेश १ को नाम ‘लिम्बुवान किरात खम्बुवान’ राखिनुपर्ने माग गर्दै प्रदेशसभा अगाडि धर्ना दिएको हो ।

धर्ना दिनका लागि लिम्बुवानका कार्यकर्ताहरु झापा, मोरङ र सुनसरीबाट बिराटनगर आएका थिए ।  उनीहरुले संसद भवन अगाडि करिब एक घण्टा धर्ना दिएका थिए ।

आइतबारबाट शुरु भएको प्रदेश नं १ को हिउँदे अधिवेशनको सुरुवातमै विरोधका कार्यक्रम पनि शुरु भएपछि यसले संसद अधिवेशनमा रौनक थपेको छ । यो अधिवशेनले प्रदेशको नाम र राजधानी तोक्नुपर्ने भएकाले पनि अबका केही दिन प्रदेश एकको राजनीति गर्माउने अनुमान नेता कार्यकर्ताहरुले गरेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनको नेतृत्वमा धर्ना बसेका लिम्बुवान संगठनसम्वद्ध कार्यकर्ताको अवरोधका कारण संसद अगाडि बाक्लो सुरक्षा व्यवस्था मिलाइएको थियो ।

नाम र राजधानीले प्रदेश सभामा प्रवेश पाउने

वर्षे अधिवेशन अन्त्य भएको तीन महिना २७ दिनपछि शुरु भएको हिउँदे अघिवेशनमा प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुख प्रदीप भण्डारीले पढेर सुनाएका थिए ।

प्रदेश नं एकको पहिलो प्रदेश सभाको बैठक २२ माघमा बसेको थियो ।


सभामुख भण्डारीले यो अधिवेशनबाट संसदीय समितिलाई प्रभावकारी बनाइनुका साथै प्रदेशको नाम स्थायी राजधानीले पूर्णता पाउने बताएका छन् ।

हिउँदे अधिवेशनको सुरुवातसँगै सञ्चारकर्मीसँगको कुराकानीमा भण्डारीले प्रदेशको नाम र राजधानीको विषयलाई औपचारिक रुपमा अगाडि बढाइने जानकारी दिए । उनले संसदीय समितिहरुका सभापति चयनका लागि गृहकार्य भइरहेको बताए ।

भण्डारीले प्रदेशको नाम र राजधानीको विषयलाई नियमावली संशोधन गरेर प्रक्रिया अगाडि बढाइने बताए । उनले संसदमा दर्ता भएका ४ वटा र समितिमा छलफल भइरहेको अन्य २ वटा विधेयकसहित ६ वटा विधेयक बिजेनसमा रहेको जानकारी दिए ।

यसका साथै सरकारबाट ५/६ वटा विधेयक आउने भएकाले हिउँदे अधिवेशन सञ्चालनमा बिजनेसको अभाव नहुने सभामुख भण्डारीले बताए । उनले एक बर्षको अवधिमा २३ वटा विधेयक पास भई कानुन निर्माण भएको र एउटा नियमावाली निर्माण भएको जानकारीसमेत दिए ।

प्रदेश सरकारको कडा आलोचना


आइतबारबाट सुरु हिउँदे अधिवेशनको पहिलो बैठकमा विपक्षी पार्टीका सांसदहरुले प्रदेश सरकारको आलोचना गरे । प्रदेश सभाको आइतबारको बैठकमा शुभकामना मन्तव्य राख्दै उनीहरुले सरकार एकलौटीरुपमा अगाडि बढेको भन्दै आइन्दा यस्तो कार्य नदोहर्‍याउन सत्तापक्षलाई सचेतसमेत गराए ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले अहिले संघीयता कागजको नाउ जस्तो भएको भन्दै कुनै पनि समय दुर्घटनामा पर्न सक्ने दाबी गरे । प्रदेश सरकारको भनाइ र गराइ पटक्कै नमिलेको भन्दै कोइरालाले सरकारको काम कार्वाहीको आलोचना गरे ।

उनले प्रदेश सरकारसँग नीति निर्माणदेखि विकास र समृद्धिको बाटोमा सहकार्य गर्ने भए पनि कांग्रेसले सरकारको मतियार जस्तो भएर अगाडि बढ्न नसक्ने बताए । कोइरालाले प्रदेश सरकारले समयमा बजेट कार्यान्वय नगर्दा प्रतिपक्षसमेत बदनाम हुने अवस्थामा पुगेको गुनासो गरे ।

बैठकमा बोल्दै नेकपा संसदीय दलका उपनेता टंक आङबोहाङले सरकारको बचाउ गरे । उनले प्रदेश सरकारले नीति तथा कार्यक्रमअनुसार विकासका कामलाई कार्यान्वयको चरणमा प्रवेश गराए पनि नयाँ अभ्यास, कर्मचारी समायोजना, जस्ता समस्याले बजेट कार्यान्वयनमा ढिलाइ भएको स्वीकार गरे ।

संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादवले प्रदेश राजधानी र नामांकनको विषय टुङ्गो लगाएपछि मात्रै विकास र समृद्धिको बाटोमा अगाडि बढन सकिने बताए । उनले संसदीय समिति र मन्त्रिमण्डलाई पूर्णता दिनुपर्ने बताए ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलकी नेता इन्दिरा राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेता विष्णु तुम्बाहाम्फेले पनि सरकारले सोचे जस्तो काम गर्न नसकेको भन्दै आलोचना गरे ।

यसैवीच प्रदेश सभा बैठकमा संसदको कार्य व्यवस्था परामर्श समितिको सदस्यमा नेकपा सांसद मोहनकुमार खड्काको स्थानमा सीता थेवेलाई सर्वसम्मत नियुक्त गरिएको जानकारी गराइएको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Limbhuvan/Khombuwan Armed Groups
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Other Sources

0 Comments