Incident Reports

मेयरविरुद्व जनकपुरका वडाध्यक्षहरु धर्नामा

2019-02-03

Madhes, Dhanusha, Janakpur

जनकपुर– अधिकार नदिएको भन्दै जनकपुर उपमहानगरपालिकाका वडाध्यक्षहरु धर्नामा बसेका छन् । उप–महानगरपालिकाका वडा अध्यक्षहरु १६ बुँदे माग अघि सार्दै धर्ना आइतबारबाट धर्नामा बसेका हुन् ।उप–महानगरपालिकाका २५ वडा अध्यक्षहरुमध्ये १६ जना वडा अध्यक्षले १६ बुँदे मागसहित मेयर लालकिशोर साहको विरोधमा धर्नामा बसेका हुन् ।उनीहरुले संवैधानकि व्यवस्थाअनुरुप अधिकार प्रत्योजन, वडा कार्यालयहरुमा दैनिक भैपरी आउने कार्यका लागि स्वायत व्यवस्था, वडा कार्यालयहरुमा भौतिक, आर्थिक तथा संशोधन स्वायतताको व्यवस्थाको माग गरेका छन् ।वडाको कार्यभारअनुसार कर्मचारी व्यवस्थापन, संवैधानकि व्यवस्था अनुसार बजेट बिनियोजन, कार्यपालिका बैठकमा प्रत्येक वडा अध्यक्षहरुले एजेण्डा राख्न र छलफल गर्न पाउनुपर्ने साथै कार्यपालिका बैठकका सम्पुर्ण निर्णयहरु सञ्चार माध्यममा सार्वजनिक गर्नुपर्ने लगायतका माग अघि सारेको वडानम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले बताए । वडा अध्यक्षहरुले विगतमा ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराइएपनि सुनुवाई नभएपछि धर्नामा बस्नु परेको वडा अध्यक्ष मनोज साहले जानकारी दिए ।धनुषाको मिथिला नगरपालिकामा भारतीय नम्बर प्लेटको गाडीमा एक युवाको शव भेटिएको छ ।आइतवार विहान मिथिला नगरपालिका वडानम्बर ३ हरिहरपुरस्थित खेतमा अन्दाजी २३ वर्षीय युवाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।बी आर ०७ पीए ५०८७ नम्बरको स्कारपियो गाडीमा युवकको शव अलपत्र देखेपछि खेत गएका स्थानीयवासीले तत्कालै प्रहरीलाई खवर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय ढल्केवर तथा प्रदेश प्रहरीको संयुक्त टोली घटनास्थल पूगेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments