Incident Reports

विद्यालयमा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय l

2013-11-15

DM Chamling खोटाङ । ०७० कात्तिक २९ गते, सप्तेश्वर छितापोखरी गाविस-३ स्थित पञ्चमी प्राथमिक विद्यालय पञ्चमीबजारमा कात्तिक २९ विहान फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । करीव १० मिटर लामो तार सहित फेला परेको माइन बम भएको र नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय दिक्तेलका डिएसपी गोविन्दकुमार शाहले बताए । माइन निष्क्रिय पार्नका लागि जबरजंग गण मुढे व्यारेकबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल तर्फगएको थियो । घटनास्थल सदरमुकाम दिक्तेलदेखि १० कोष दक्षिणी क्षेत्रमा पर्छ । भरुवा बन्दुको बारुद र डेटोनेटर प्रयोग गरी मकैको दाना लगाएर उक्त बम तयार गरिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले जानकारी दिएको छ । माइन कसले केका लागि राखिएको हो भन्ने अहिलेसम्म खुलेको छैन । यद्यपी निर्वाचन विरोधी गतिविधिमा सलग्न नेकपा-माओवादीले सर्वसाधारणलाई आतंकित बनाउन उक्त स्थानमा माइन राखेको हुनसक्ने प्रहरीको आशंका छ । तर नेकपा-माओवादीका जिल्ला इञ्चार्ज ध्रुव बुढाथोकी 'धिरण'ले आफूहरूले माइन नराखेको बताएका छन् । डिएम चाम्लिङ राई

0 Comments

Related Reports