Incident Reports

चिकित्सकको लापरवाहीले बालकको मृत्यु, अस्पतालमा तोडफोड, प्रहरीद्वारा हवाई फायर

2019-02-04

Province 1, Jhapa, Birtamod

झापाकाे एक अस्पतालमा उपचारको लागि ल्याइएका बालकको चिकित्सकहरुकाे लापरवाहीको कारण मृत्यु भएको छ। बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलका चिकित्सक र नर्सको लापरबार्हीका कारण दुई वर्षीय बालकको मृत्यु भएको आफन्तहरूले आरोप लगाएका छन्।

बालकको मृत्यु भए लगत्तै आफ्न्तले अस्पतालमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न चिकित्सकहरु विरुद्ध प्रर्दशन समेत गरेका छन्। मेचीनगर–१३ स्थित काली झोडाका उमङ राजवंशीका छोरा जेनित राजवंशीको इजेक्सन लगाए लगत्तै मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन्।

आइतबार बेलुका ६ बजे अस्पताल ल्याएका बालकको इजेक्सन लगाएको केहि क्षणमा नै मृत्युभएपछि डाक्टर र नर्स भने भागेको पीडित पारिवारले जनाएको छ । मृतकका बुबाका अनुसार छोरालाई झाडापखाला लागेर अस्पताल ल्याइएकोमा इजेक्सन लगाए लगत्तै अवस्था सिकिस्त भएको र उपचारमा संलग्न चिकित्सकहरु समेत भाग्नुले गलत औषधि प्रयोग भएको दावी गरे। उनले भने,‘ जसकारण छोराको मृत्यु भएको हो।’

चिकित्सककै लापरबार्हीका कारण बालकको मृत्युभएको निष्कर्ष निकाल्दै परिवार तथा आफन्तले हस्पिटलमा तोडफोड गर्न थालेपछि तत्काल त्यहाँ प्रहरी पुगेको थियो। प्रहरीले घटनालाई साम्य पार्न हवाई फायर गर्नुका साथै केहि सेल अश्रुग्यास प्रहार समेत गरेको थियो । अस्पतालमा परिसरमा आफन्तहरूकाे उपस्थिती रहेकाेले अहिले पनि सुरक्षाकर्मी तैनाथ गरिएको छ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments