Incident Reports

बावुबाट छोरी बलात्कृत

2019-02-06

Lumbini, Arghakhanchi, Sitganga

अर्घाखाँचीको शितगंगामा आफ्नै बावुबाट छोरी बलात्कृत भएकी छिन्। शितगंगा नगरपालिकामा स्वयं आफ्नै बुबाबाट १२ वर्षकी छोरी बलात्कारको सिकार बनेकी हुन् । 

श्रीमती घरमा नभएको बेला डर देखाएर छोरी बलात्कार गर्ने बावुलाई उनकै श्रीमतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ ।

श्रीमतीका अनुसार आफु घरभन्दा टाढा आफन्तको घरमा गएको बेला छोरी मात्र घरमा भएको मौका छोपी डर त्रास देखाएर श्रीमानले राती १० बजे बलात्कार गरेका हुन् । आफ्नै श्रीमान भएपनि कानुन बमोजिम कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पीडितकी आमाले जाहेरी दिएपछि घटना बाहिर आएको हो । 

आफ्नै बावु भएकाले आरोपीको नाम,थर,वतन गोप्य राखेर अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Banke

0 Comments