Incident Reports

अर्घाखाँचीबाट विप्लवका चारजना कार्यकर्ता पक्राउ

2019-02-06

Lumbini, Arghakhanchi, Chhatradev

अर्घाखाँची : यहाँको छत्रदेव गाउँपालिकाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ४ जना नेता पक्राउ परेका छन । छत्रदेव गाउँपालिका-७ मडेलचौरका स्थानीय भिमलाल पाण्डेलाई कुटपिट गरेको आरोपमा विप्लपका ४ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए । 

पक्राउ पर्नेमा जिल्ला जन परिषद प्रमुख पिताम्बर पोख्रेल, गुल्मी जिल्ला सचिव खिम खड्का, लुम्बिनी ब्युरो सदस्य पूर्ण सिंह र जाजरकोट जिल्ला पार्टी सदस्य शिवलाल पुन रहेका छन् । 

जिल्ला अदालत अर्घाखाँचीमा दायर गरिएको मुद्दा फिर्ता लिन नमानेपछि भीमलाललाई कुटपिट गरेपछि उनीहरू पक्राउ परेका हुन् । कुटपिटमा संलग्न रहेका ४ जना पक्राउ परे पनि अन्य ४ जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Arrest (politically significant)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 8
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments