Incident Reports

१६ वर्षीया किशाेरीलाई बलात्कार गरेर फरार रहेका अभियुक्त पक्राउ

2018-10-28

Bagmati, Makawanpur, Kailash, Ward 3


काठमाण्डाै - १६ वर्षकी किशाेरीलाई जबरजस्ती करणी गरी फरार रहेका एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा मकवानपुर जिल्लाकाे कैलाश गाउँपालिका ३ बस्ने २३ वर्षीय प्रविण भन्ने विष्णु प्रसाद भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

२०७५ साल कात्तिक महिनाको दोस्रो हप्ता पीडित किशाेरीलाई कैलाश गाउँपालिका वडा नम्बर १० मा रहेकाे जंगलमा लगेर जबरजस्ती करणी गरी फरार रहँदै आएका विष्णुलाई मंगलबार प्रहरीले गाउँबाटै पक्राउ गरेको हो । करणीबाट किशाेरी गर्भवती भएपछि प्रहरीमा उजुरी परेकाे थियाे ।  

पक्राउ परेका विष्णुलाई जिल्ला अदालतबाट मुलुकी फौजदारी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयाे ।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments