Incident Reports

७० वर्षीय वृद्धबाट १३ वर्षे नातिनी बलात्कृत

2019-02-09

Lumbini, Gulmi, Malika

बलात्कारको अरोपमा ७० वर्षे बृद्ध पक्राउ परेका छन् । ती बृद्धले खुकुरी देखाउँदै १३ वर्षीया आफ्नै नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा गुल्मी जिल्ला प्रहरीले पक्राउ गरेको हो । जिल्लाको मालिका गाउँपालिका घमिरका बृद्धलाई  भारतको आशमबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।‘बाबु कान्छी श्रीमती ल्याएर अन्तै बस्ने, घरमा २ नातिनीहरुमध्ये १३ बर्षिया एक नातिनीलाई खुकुरी देखाउँदै पटक पटक बलात्कार गरेको बाबुसमक्ष पुग्यो र पीडितबाट उजुरी पर्यो त्यसपछि हामीले भारतको आशाम पुगेर पक्राउ गरेर ल्याएका छौं’ एसपी बस्नेतले भने, ‘अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको छ’ बस्नेतले बताए । प्रहरीले ती बृद्धको नाम गोप्य राखेको छ । प्रहरीका अनुसार गुल्मीको जोहाङ्ग स्थित विवाहमा आएका बाग्लुङ्गका २४ बर्षिय युवाले पनि १२ बर्षिया बालिकालाई बिवाह गर्ने प्रलोभन देखाउँदै बलात्कार गरेका छन् । उनलाई गुल्मी लुम्छाबाट प्रहरीले पक्राउ गरेको छ ।   

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments