Incident Reports

घरेलु हिंसापीडित महिलाद्वरा प्रहरीमा उजुरी

2019-02-10

Lumbini, Nawalparasi West, Pratappur, Ward 6

प्रतापपुर गाउँपालिका–६ गुठिप्रसौनी निवासी २३ वर्षीया पुनम गौडलाई २४ वर्षीय पति ज्ञानेन्द्र गौड र ४५ वर्षीय ससुरा अशोक गौडले कुटपिट गरी गम्भीर घाइते बनाएको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पीडित महिलालाई आरोपितले विभिन्न आरोप र नैतिकता माथि समेत आँच आउने खालका क्रियाकलाप गरी अपमान गर्नुको साथै चक्कु प्रहार गरी घाइते बनाएको भन्दै माघ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।

पहिले पनि यस्तै घटना भई जिल्ला प्रहरी कार्यालयमै मिलापत्र गरेको भएपछि घरमा गएकोमा घरमा गएको भोलिपल्टै माघ २७ गते घटना भएपछि उजुरी दिन जिल्ला प्रहरी कार्यालय आएको पीडितले बताएकी छन् ।

पीडितले स्थानीय मेडिकलमा उपचार गराएको र आरोपितलाई उचित कारवाहीको माग गर्दै उक्त निवेदन दिएको बताएकी छन् ।

परिवारले नागरिकता र विवाह दर्ता नगराएको कारण दुई छोराछोरीको समेत जन्म दर्ता गराउन नपाएको पीडितले बताएकी छन् ।


नारायण पराजुली


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments