Incident Reports

रोजेको गीतमा नाच्न नपाउँदा हानियो खुकुरी, तीन घाइते

2019-02-10

Province 1, Taplejung, Aathrai Tribeni, Ward 2

विवाहमा आफूले रोजेको गीतमा नाच्न नपाउँदा स्थानीय युवाहरुले पाहुना गएका चार जनालाई खुकुरी प्रहार गरेका छन्। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीस्थित एक विवाहमा स्थानीय युवाहरुले नाच्न नपाएको झोँकमा पाहुना खुकुरी प्रहार गरेका हुन्।

फूलकारीका ६ जना युवाको समुहले ढुङ्गा, मुढा र खुकुरीसहित आक्रमण गर्दा ३ जना घाइते भएको प्रहरीले जनाएको छ। ‘आइतबार राती विवाह सकिएपछि नाच्ने क्रममा स्थानीय युवाहरुबीच गीत छनौट कुरालाई लिएर विवाद भएको थियो। फुङलिङ नगरपालिकाबाट गएका युवाहरुले सम्झाएछन्,’ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख सञ्जय सिंह थापाले भने, ‘त्यसपछि हामीलाई तिमीहरुले सम्झाउने ? भन्दै घर फर्कँदै गरेको अवस्थामा बाटो ढुकेर आक्रमण गरी फरार भएछन्।’

राती साढे २ बजे स्थानीय दिलबहादुर तामाङको छोरीको विवाहमा पाहुना गएका फुङलिङ नगरपालिका–८ दोखुका कर्णबहादुर सुनुवार, पेम्बा शेर्पा र पासाङ शेर्पा घाइते भएका छन्। टाउकोमा चोटा लागेका उनीहरुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र रिफर गरिएको छ। खुकुरी प्रहार गर्नेको खोजी भइरहेको डिएसपी थापाले बताए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments

Related Reports