Incident Reports

बेवारिसे दुईओटा बम निष्क्रिय, तानसेनमा विस्फोट l

2013-11-16

Madhav Raj Pandeyकटुवाचौपारी स्थित सार्वजनिक माविमा तोकिएको मतदान केन्द्र परिसरमा मङसिर १ गते राखिएको पाइपमा बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । मतदाता परिचय पत्र वितरणमा खटिएका कर्मचारीले बम देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए । बम भेटिएपछि सो मतदान केन्द्रमा मतदाता परिचय पत्र वितरण गर्ने काम केही समय बिथोलिएको थियो । नचिनेका व्याक्तिले मतदान केन्द्रमा बम राखेको प्रहरीले जनाएको छ । निर्वाचन नजिकिँदै गर्दा जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालयले दाबी गरेको छ । पाल्पा जिल्लाको तानसेन बजार नजिकको श्रीनगर जङ्गलमा कात्तिक २९ गते राती १० बजे शक्तिशाली बम बिस्फोटन भएको छ । अज्ञात समूहबाट तानसेन बजार देखि ५ सय मिटर पर जङ्गलमा बम विस्फोटको आवाज सुनिएको थियो । रातको समयमा भएको घटनाले मतदाता तथा तानसेनबासी आतङ्कित भएका थिए । बम जङ्गलमै पड्किएकोले कुनै पनि क्षति नभएको प्रहरी निरीक्षक राज किरण ख्युछाले बताए ।

0 Comments

Related Reports