Incident Reports

सत्तारुढ विद्यार्थीले घेरे त्रिवि उपकुलपतिको कार्यालय

2019-02-18

Bagmati, Kathmandu, Kirtipur

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माग गर्दै अखिल र अखिल (क्रान्तिकारी)ले संयुक्तरुपमा सोमबार नाराबाजीसहित कार्यालय घेराउ गरेका हुन् ।

उपकुलपति तीर्थ खनियाँको कार्यालय नै घेराउ गरेपछि रजिस्टार डिल्लीराम उप्रेतीले विद्यार्थीहरुलाई सम्बोधन गर्दै छिट्टै निर्वाचन गर्ने प्रतिबद्धता जनाएको अखिलका नेता आरसी लामिछानेले बताए ।

सत्तारुढ विद्यार्थीहरुले भने नेपाल विद्यार्थी संघको आन्तरिक किचलोका कारण स्ववियु निर्वाचन टार्ने चलखेल भएको आरोप लगाएका छन् ।






Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments