Incident Reports

वीर अस्पतालमा धर्ना : पदाधिकारी नियुक्तिको माग

2019-02-15

Bagmati, Kathmandu, Kathmandu

१९० दिन देखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा पदाधिकारी नियुक्त नभएपछि आधिकारीक कर्मचारी युनियनले आन्दोलन सुरु गरेको छ । कर्मचारी युनियनले फागुन १ गते बुधबारदेखि अस्पताल प्रागणमा धर्ना सुरु गरेको छ ।

युनियनका सचिव दीपक मुडबरीले माघ २९ गते प्रतिष्ठानका कुलपति एवम प्रधानमन्त्री केपी ओली तथा सहकुलपति एवम उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई प्रतिष्ठानमा १९० दिनदेखि पदाधिकारी बिहिन भएको जानकारी गराएको बताए । पदाधिकारी विहिन हुदा दैनिक कार्य संचालनमा समेत असहजता पैदा भएको भन्दै युनियन प्रतिनिधिहरुले पदाधिकारी नियुक्तिको माग गरेको मुडबरीले बताए ।

पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान सेवा तर्फबाट कम्तिमा ५० प्रतिशत पदाधिकारी नियुक्ति हुनुपर्ने माग युनियनले राखेको छ । सोहि मागको सुनुवाइको लागि युनियनले अस्पताल प्रागणमा धर्ना सुरु गरेको हो । धर्ना दिनको १-२ बजे सम्म हुने बताइएको छ ।

मुडबरीका अनुसार विरामीलाई दिइने सेवामा असर नगर्ने गरि दिउँसो खाजा खाने समयको १ देखि २ बजेसम्म धर्ना हुनेछ । माग पुरा नभएसम्म धर्ना जारी रहने उनले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people N
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments