Incident Reports

कुटपिट गरि घर निकाला गरिएकी पीडित महिलाद्वारा प्रहरीमा उजुरी

2019-02-19

Karnali, Kalikot, Khandachakra, Ward 1

खाँडाचक्र नपा–१ मान्मका २१ वर्षीया पुष्पा शाहीलाई २५ वर्षीय पति मिनराज शाहीले कुटपिट गरी घर निकाला गरेको घटनामा इन्सेकको पहलमा पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पतिले बहुविवाह गरेपछि आफूलाई घरमा बस्ने अधिकार छैन भन्दै अपमान गर्नुको साथै लठ्ठी र मुक्काले कुटपिट गरी घाइते बनाएको भन्दै फागुन ५ गते कानुनी सहयोगका लागि पीडितले इन्सेकसमक्ष अनुरोध गरेकी थिइन् ।

पीडित पक्षको अनुरोध अनुसार इन्सेकको पहलमा फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

आरोपितले ०७४ मङ्सिर १५ गते सोही नपा–२ की १८ वर्षीया सुना शाहीसँग बहुविवाह गरेपछि सधैँजसो कुटपिट गर्ने गरेको र पछिल्लो समयमा घर निकाला गरेपछि उजुरी दिन जिल्ला प्रहरी कार्यालय आएको पीडितले बताएकी छन् ।

पीडितले जिल्ला अस्पताल कालिकोटमा उपचार गराएको र आरोपितलाई उचित कारवाहीको माग गर्दै उक्त निवेदन दिएको बताएकी छन् ।

पतिले कुटपिट गरी घर निकाला गरेपछि आफूसँग रहेको एक वर्षको नाबालक छोरासमेत विस्थापित भएको पीडितले बताएकी छन् । जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ताका लागि इन्सेकले पहल गरेको थियो ।


कालीबहादुर मल्ल


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Banishment/shunning
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments