Incident Reports

होस्टलबाट छोराछोरी लिएर फर्किएकी आमा मृत फेला, छोराछोरी बेपत्ता

2019-02-18

Province 1, Solukhumbu, Khumbupasanglahmu

खुम्बु पासाङ ल्हामू गाउँपालिकामा बेपत्ता भएका आमाछोरा र छारीमध्ये आमाको शव फेला परेको छ । 

होस्टेलमा बसेर पढ्दै आएका बालबालिकालाई लिएर फर्केकी मिङमा याङजी शेर्पाको शव जोरसल्लेस्थित दूधकोशी नदीको किनारमा सोमबार साँझ फेला परेकोे हो । 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सोमबार बिहान ७ः३० बजे खुम्बु पासाङ ल्हामू गाउँपालिका–७, मा रहेको  एक होस्टलमा बसेर पढ्दै आएका कक्षा ४ मा अध्ययनरत ११ वर्षीया छोरी ङिमा डोमा शेर्पा र ७ वर्षीय छोरा कुङ्गा दोर्जी शेर्पालाई ३६ वर्षीय आमा  मिङ्मा याङजी शेर्पाले लिएर फर्किएकी थिइन् । 

होस्टलबाट फर्केका बालबालिका र आमा घर नफर्किएपछि खोजतलास गर्दा दूधकोशी नदीको किनारमा आमा मिङ्मा याङजी शेर्पाको शव फेलाको प्रहरीले जनाएको छ । 

नदीको किनारमा बच्चाको चप्पल र कपडासमेत फेला परेकाले खोजी कार्य जारी रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ । खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको कमान्ण्डमा खटिएको ९ जनाको प्रहरी टोली घटनास्थलमा परिचालित भएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो ।

नदीको आसपासमै बच्चाको कपडासमेत फेला परेकाले नदीमा खोजतलास भइरहेको प्रहरीले बताएको छ । मृतक मिङ्मा याङजी शेर्पा खुम्बु पासाङ ल्हामू गाउँपालिका–४, फोर्चेमा होटल सञ्चालन गर्दै आएको स्थानीयले बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

मृतकको शव घटनास्थलमै राखिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports