Incident Reports

सहायक डीनले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप

2019-02-20

Bagmati, Kathmandu, Kirtipur

 त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डीन बबालाल साहमाथि एक छात्राले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् ।

शिक्षा संकायको सम्बन्धन शाखामा काम गर्ने सहायक डीन साहले नेपाल बैंकको कीर्तिपुर शाखा नजिकैको भित्री बाटोमा यौन दुर्व्यवहार गरेको भन्दै ती छात्राले कारबाहीका लागि विश्वविद्यालयमा निवेदन दिएकी छन् ।

सहायक डीन साहले जबर्जस्ती करणी गर्ने उद्देश्यले आफ्नो संवेदनशील अंगमा छोई हातपात गरेको भन्दै छात्राले कारबाहीको माग गर्दै शिक्षा शास्त्र संकाय, उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय, रेक्टरको कार्यालय र महानगरीय प्रहरी वृत्त कालिमाटीमा निवेदन दिएकी छन् ।

छात्रामाथि दुर्व्यवहार गर्ने साहलाई बुधबार विद्यार्थीहरुले दुर्व्यवहार गरेका छन् । उनलाई विद्यार्थीहरुको एक समूहले कालोमोसो दलेका हुन् । साहलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले नियन्त्रणमा लिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media , Local Newspaper - Bara

0 Comments