Incident Reports

एमाले र काङ्ग्रेस कार्यकर्ता बीच खुकुरी हानाहान

2013-11-17

Chhetu Sherpa सङ्खुवासभा । ०७० मङ्सिर २ गते चैनपुरबजारमा एमाले र काङ्ग्रेसका कार्यकर्ता बीच मङ्सिर १ गते साँझ खुकुरी हानाहान भएको छ । एमालेले चैनपुरमा आयोजना गरेको चुनावीसभामा काङ्ग्रेसका थमन गुरुङ सहितको टोलीले बाहिरबाट अवरोध गर्न खोजेपछि युवा संघका केन्द्रीय नेता पर्शुराम बस्नेतले गुण्डा भाइहरू भन्दै सम्बोधन गरेपछि घटनाले उग्र रुप लिएको थियो । सो घटनामा काङ्ग्रेस कार्यकर्ताको खुकुरी प्रहारबाट एमालेका कर्मरिन्जी शेर्पा, दोर्ची शेर्पा सक्त घाइते भएका छन् । यसैगरी, एमाले कार्यकर्ताको आक्रमणमा काङ्ग्रेसका बुद्ध लिम्बू र जीवन लिम्बू दीपक र गणेश लिम्बू सामान्य घाइते भएका छन् । चैनपुरको हिटिडाडामा दुई पक्ष बीच झडप भएको थियो । घाइतेहरूको उपचार प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा भइरहेको छ । आरोपितहरूको खोजी भई रहको प्रहरीले जनाएको छ। छेटु शेर्पा

0 Comments

Related Reports