Incident Reports

नुवाकोटमा पनि एनसेल टावरमा आगजनी

2019-02-22

Bagmati, Nuwakot, Bidur

 नुवाकोट दरवार क्षेत्रनजिकै रहेको एनसेलको टावरमा आगजनी भएको छ । विदुर नगरपालिका–२ अशोकवाटिका डँंडामा रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

आगजनीबाट एनसेलको टावरका विभिन्न उपकरण जलेर ध्वस्त भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए । आगजनीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

आगजनीपछि उक्त टावरमार्फत जोडिँदै आएको एनसेलको फोनसेवा अवरुद्ध भएको छ । आक्रमण गर्ने व्यक्ति तथा समूहको पह्चिान भइनसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments