Incident Reports

नेपाली सेनाद्वारा सकेट बम निष्क्रिय

2013-11-16

Bagmati, Dhading, Nilakantha

Sitaram Adhikari धादिङ । ०७० मङ्सिर २ गते धादिङबेसी सल्यानटार सडक अन्तरगत मुरलीभञ्ज्याङ गाविस-२ स्थित बगैँचामा मङ्सिर १ गते बेलुका भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले राती नै निष्क्रिय पारेको छ। एकजना व्यक्तिले सडकमा सकेट बम राखेको र भाग्नलाग्दा सशस्त्र प्रहरीले जानकारी पाएपछि सो क्षेत्रलाई नियन्त्रणमा लिएर सेनाको टोलीले निष्क्रिय पारेको थियो । सडकको बीचमा बम राखेपछि भागेका अपरिचित व्यक्तिले भाग्ने क्रममा उनिसँग भएको खुकुरी समेत फ्याकेर फरार भएको र उसको खोजी भइरहेको प्रहरीले जानकारी दियो । नेकपा-माओवादीले गरेको यातायात बन्दको क्रममा धेरै गाडी सञ्चालनमा आएपछि त्यसलाई रोक्नका लागि नेकपा-माओवादी सहितको मोर्चाले दैनिक जसो जिल्लाका विभिन्न ठाउँमा विस्फोटक पदार्थ राख्दै आएको छ । सीताराम अधिकारी

0 Comments

Related Reports