Incident Reports

नेपाली सेनाद्वारा बम निष्क्रिय

2013-11-17

Durga Pariyar सिरहा । ०७० मङ्सिर २ गते सिरहाको असनपुर गाविस ६ गोलबजारमा नेपाली सेनाले मङ्सिर २ गते बम निष्क्रिय गरेको छ । सिरहाको निर्वाचन क्षेत्र नम्बर ५ गोलबजारमा मङ्सिर २ गते एमाओवादीको प्रचार/प्रसार समितिको कार्यालय अगाडिमा सकेट बिहान ४ ः३० बजे तीर बम फेला परेको छ । सुरक्षाकर्मीले सो स्थानलाई घेराहाली सुरक्षीत राखेका थिए । श्रीनाथ गण चोहर्वाको नेपाली सेनाको बम डिस्पोजल टोलीलेसकेटबम बिहान ८ बजे डिस्पोज गरेको सिरहाका एसपी पूर्ण चन्द्र जोशीले बताए । सिरहा क्षेत्र नम्बर ५ मा एमावोवादीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिएका छन् । बम राख्ने समूहको खोजतलाश भई रहेको सिरहाका एसपी पूर्ण चन्द्र जोशीले बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis