Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार 

2019-02-18

Gandaki, Nawalparasi East, Devchuli, Ward 1

५२ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवचुली नपा–१ का २२ वर्षीय समिर स्लामीमगरलाई फागुन ९ गते गिरफ्तार गरेको छ ।

फागुन ६ गते राति बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मगरलाई फागुन ९ गते गिरफ्तार गरेको हो ।

फागुन ७ गते बिहान अचेत अवस्थामा फेला परेकी महिलालाई स्थानीयले उद्दार गरेका थिए । बजार क्षेत्रमा रहेको सिसी क्यामेराको सहयोगमा प्रहरीले आरोपितको पहिचान गरेको थियो ।

पीडित पक्षले फागुन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ७ गते भरतपुर अस्पताल चितवनमा गरिएको प्रहरीले जनाएको छ ।


तिर्थराज डुम्रे


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments