Incident Reports

No translation available.

2013-11-18

गोरखाको आरूआर्बाङ्ग गाविसमा दुई पक्षबीच खुकुरी हानाहान भएको छ। न्वाँगी जात्रामा गएका आरूआर्वाङ्ग ६ आप्रिक र ५ भोटेनी गाउँका युवाबीच आइतबार राती खुकुरी हानाहान भएको हो। न्वागी जात्रा हेर्न आएका भोटेनीका १५/२० जना युवाहरूको समूहले आप्रिकका यूवाहरुलाई खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका आरुआर्वाङ्गका अनिल गुरुङ्गले टेलिफोनमा जानकारी दिए। घाइतेहरूको टाउको, ढाँड र गोडामा गहिरो चोट लागेको गुरूङ्गको भनाइ छ। खुकुरी प्रहारबाट आप्रिकका शम्सेर गुरुङ्ग, हिराकाजी गुरुङ्ग, वीरेन्द्र गुरुङ्ग, लाटा गुरुङ्ग, प्रसाद गुरुङ्ग, कमन गुरुङ्ग, कागे गुरुङ्ग, काली गुरुङ्ग, खेमबहादुर गुरुङ्ग, राजेन्द्र गुरुङ्ग लगायतका युवाहरु घाइते भएको गुरुङ्गले बताए। दुई गाउँबीचको पूरानो बिबादलाई लिएर न्वागी जात्रामा झगडा भएको हो। घाइतेलाई प्रहरीको सहयोगमा उपचारका लागि गोरखाको आरूघाट लगिएको गुरुङ्गले बताए।

0 Comments

Related Reports
Related Trend Analysis