Incident Reports

एमाओवादी आक्रमणमा काङ्ग्रेस कार्यकर्ता घाइते

2013-11-17

Bagmati, Dhading, Jwalamukhi

Sitaram Adhikari धादिङ । ०७० मङ्सिर २ गते मैदी गाविस-४ सातदोबाटोस्थित पसलमा चिया खान बोलाएर एमाओवादी कार्यकर्ताले मङ्सिर १ गते काङ्ग्रेस कार्यकर्तालाई आक्रमण गर्दा एक जना काङ्ग्रेस कार्यकर्ता गम्भीर घाइते भए । एकजना माओवादी कार्यकर्ताले चिया खान बोलाएर दुई ओटा बोतलले प्रहार गर्दा नेपाल तरुण दल मैदीका उपाध्यक्ष रमेश पाठक घाइते भएका हुन् । घाइते पाठकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिनेपट्टीको कानमा गहिरो चोट लागेको छ । सीताराम अधिकारी

0 Comments

Related Reports
Related Trend Analysis