Incident Reports

सशस्त्र प्रहरीले कुटपिट गरेको महिलाको आरोप

2019-02-24

Madhes, Saptari, Chhinnamasta

छिन्नमस्ता गापा–१ बरही विरपुरकी ५५ वर्षीया अरुणादेवी यादवलाई फागुन १२ गते सशस्त्र प्रहरी बल तिलाठी बेस क्याम्पका जवान ३० वर्षीय दिपेन्द्र झाले कुटपिट गरेको भन्दै पीडितले गुनासो गरेकी छिन् ।

कुटपिटबाट घाइते महिलाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतामा उपचार भएको छ ।

अस्पतालबाट फागुन १३ गते डिस्चार्ज भएकी उनको नाक तथा छातिमा चोट लागेको बताएकी छिन् । कुनौली बजारबाट सामान लिएर आउँदा प्रहरी जवान झाले माग गरेको रुपियाँ नदिएपछि कुटपिट गरेको यादवले आरोप लगाइन् ।

उनले भन्सार कटाएर सामान ल्याए पनि उनीसँगै रहेकी अर्की एक महिलाले भन्सार शुल्क नतिरी ल्याएको समान नियन्त्रणमा लिएकाले झुठा आरोप लगाएको सशस्त्र प्रहरी झाले बताए ।

सशस्त्र प्रहरी बल सिमा सुरक्षा ६ नम्बर गणका डिएसपी नविन वोगटीले पाँच जनाको समूहमा रहेका उनका साथीले भन्सार शुल्क नतिरी नेपाल ल्याएको ६० हजार मूल्य बराबरको कपडा बरामद गरेको रिसमा झुठो आरोप लगाएको बताए ।

डिएसपी बोगटीका अनुसार नियन्त्रणमा लिइएका कपडाहरु फिर्ता पाइने आशामा चार घण्टासम्म त्यहीं बसेका उनीहरूले भन्सार कार्यालयमा कपडा बुझाएको थाहा पाएपछि मात्र प्रहरीलाई बदनाम गराउन झुठा प्रपञ्च रची अस्पताल भर्ना भएका हुन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations APF
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Saptari

0 Comments