Incident Reports

नेपालगञ्ज नाकाबाट १९ महिलाको उद्दार

2019-02-26

Lumbini, Banke, Nepalgunj

भारत हुँदै अवैधरुपमा तेस्रो मुलुक लगिँदै गरेका १९ जना नेपाली महिलालाई नेपालगञ्जको जमुनाह नाकाबाट उद्दार गरिएको छ ।

माइती नेपाल र नेपाल प्रहरीको समन्वयमा जमुनाहा नाकाबाट उनीहरुको उद्दार गरिएको हो । १९ देखि ४१ बर्ष उमेरसम्मका ती महिलाहरु भारत हुँदै इराक, किर्गिस्तान जान लागेको प्रारम्भिक सोधपुछका क्रममा थाहा भएको माइती नेपाल नेपालगञ्जका संयोजक केशब कोइरालाले जानकारी दिनुभयो ।

शंकास्पदरुपमा भारत प्रवेश गर्न खोजेका उनीहरुलाई फागुन १० र ११ गते राति जमुनाहा नाकाबाट उद्दार गरिएको पनि कोइरालाले बताउनुभयो ।

उद्दार गरिएका कतिपय महिलालाई परिवारको जिम्मा लगाइसकिएको छ भने कतिलाई परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढेको कोइरालाले जानकारी दिनुभयो ।

कोइरालाका अनुसार उद्दार गरिएका महिलाहरु मोरङ, सुनसरी, काभ्रे, सर्लाही, गुल्मी, रसुवा, सिन्धुली, ओखलढुंगा, सिन्धुपाल्चोक, उदयपुर, रोल्पा र झापाका हुन् ।

0 Comments