Incident Reports

बहालवाला सह–सचिवमाथि शक्तिको आडमा ज्यान मार्न खोजेको आरोप

2019-01-15

Bagmati, Kathmandu, Tarakeshwor, Ward 2

तारकेश्वर नगरपालिका वडा नम्बर २ का क्षेत्रप्रसाद ढकालले आफुलाई आफ्नै छिमेकी तथा नेपाल सरकारका सह–सचिव रुद्रप्रसाद लामिछानेले कुटपिट गरेको भन्दै न्यायको लागि सरकारसमक्ष अपिल गरेका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै पीडित ढकालले रुद्र प्रसाद लामिछानेले आफूलाई पद र शक्तिको आडमा पटक–पटक दुःख दिँदै आएको गुनासो पोखे । बिनाकारण सह–सचिव लामिछाने आफुलाई ज्यान मार्ने योजना बनाएको पनि ढकालले आरोप लगाए । उनले भने, ‘आज म बाध्य भएर राज्यसंग बाँच्न पाँउने अधिकारको माग गर्न पत्रकारहरुसामू उपस्थित भएको छु ।’

गत माघ १ गते बेलुका आफ्ना नातिले घर अगाडि मोटरसाइकल धोइरहेको बेला बिधवा बुहारी र नातीलाई आफ्नो मोटर साइकल हटाउन जवरजस्ती गर्दे नेपाल सरकार भौतिक योजना तथा निर्माण मन्त्रालयका बहालवाला कर्मचारी लामिछानेले आफूमाथि भौतिक आक्रमण गरेको ढकालले रुँदै सुनाए ।

उनका अनुसार मरणासन्न हुनेगरि कुटपिट गरेपश्चात् रुद्रप्रसादकै निजकै चालकले सरकारी गाडीमा हालेर शिक्षण अस्पताल पुर्याएर छोडेको पनि उनले जनाए । शिक्षण अस्पतालमा राम्रो उपचार सेवा नपाएपछि परिवारले उनलाई राती नै धापासीस्थित् ग्रान्डी अस्पताल लगेकोर ज्यान बचाएो पनि उनले सुनाए ।

चार दिन अस्पताल बसाईको क्रममा ४७ हजार ९ सय ३० रुपैयाँ २२ पैसा उपचार खर्च बिल तिर्नुपरेको पनि उनले जनाए । उनले भने,‘मैले आफ्नो माहिलो छोरा नियोजित रुपमा नै गुमाएको हुँ । मेरी बिधवा बुहारीलाई मुख छोडेर गालिगलौच गदै परिवारलाई नै निज सहसचिव लामिछानेले ज्यान मार्ने धम्की दिएको छ, सरकारले तुरुन्त मेरो परिवारको बाँच्न पाँउने अधिकारको सुनिश्चितता गरोस् ।’

आफुले उक्त घट्नासम्बन्धि प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन जाँदासमेत नगरपालिकामा जानुहोस् भन्दै दर्ता गर्न नमानेको आरोप लगाए । उनले नगरपालिकाले प्रहरी र प्रहरीले कहिले नगरपालिका त कहिले वडा कार्यालयमा गएर दर्ता गनुहोस् भन्दै पन्छिने गरेको दुःखेसो पोखे ।

राज्यबाट पाउनुपर्ने न्यायको आशा मरिसकेकोले आफुलाई देश निकाला गरिदिए नै बेश हुन्छ भन्दै राज्यलाई आग्रह गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै अधिवक्ता तथा भ्रष्टाचारबिरोधि अभियन्ता सि.पी. पौडेलले पीडक रुद्रप्रसाद लामिछानेले पद तथा शक्तिको दुरुपयोग गर्दे सर्वसाधरणमाथि ज्यादती गरेको भन्दै आक्रोश पोखे ।

पीडित ढकालको जमिनमा जबरजस्ती एक कोठाको भवन, एउटा शौचालय तथा मोटर बाटो निकालेर उल्टै ज्यान मार्ने योजना बनाएको उनले खुलासा गरे । घट्नाबारे जानकारी गराउँदै अधिवक्ता पौडेलले राज्यबाट पाँउनुपर्ने न्यायको अहिले अपहेलना भएको कडा प्रतिक्रिया दिए ।

उनले शक्तिको आडमा बसेर लामिछानेले मनमौजी गरिरहेको पनि आरोप लगाए । उनले भने,‘निज पीडककलाई कुटपिट तथा ज्यानमार्ने उद्योगअनुसार कारबाही गर्नुपर्छ , तर पीडित परिवारले पटक–पटक निवेदन दिँदा समेत प्रहरी प्रशासनले कुनै सहयोग गरेको पाईएन् ।’

अधिवक्ता पौडेलले पीडित परिवारलाई आगामी एक हप्ताभित्र राज्यले न्याय नदिए उनीहरुको लागि आफूले काठमाडौंको टुँडिखेलमा आत्मदह गर्नेसम्म घोषणा गरे । अधिवक्ता पौडेलले ढकाल परिवारमाथि ज्यादती गर्ने नेपाल सरकारका सह–सचिव लामिछानेको सम्पत्तिसमेत छानबिन गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै पीडित क्षेत्रप्रसाद लामिछानेकी श्रीमती चिनीमैयाँ ढकालले आफ्नो परिवारका सदस्यरुको ज्यान तल माथि भए त्यसको सम्पूर्ण जिम्मेवारी नीज रुद्रप्रसाद लामिछानेले लिनुपर्ने बताइन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports