2019-02-28
बडिगाड गाउँपालिका–१० पात्लेकी २५ वर्षीया बालकुमारी घर्तीलाई फागुन १६ गते गोली प्रहार गरी ३५ वर्षीय पति चन्द्रबहादुर घर्ती भागेको प्रहरीले जनाएको छ ।
घर्तीले भरुवा बन्दुकले पत्नीलाई गोली प्रहार गरेर फरार भएपछि खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।
सामान्य घरायासी विवादको क्रममा चन्द्रबहादुरले बन्दुक प्रहार गर्दा घाइते भएकी बालकुमारीको उपचार बुर्तिबाङ स्वास्थ्य केन्द्रमा भइरहेको छ ।
वर्षा र हिमपातको कारणले घटनाको समयमै प्रहरीलाई जानकारी गराउन नसकेको भन्दै स्थानीयले फागुन १७ गते बिहान मात्र घटनाबारे प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जिवी कोइरालाले बताए ।
‘घाइते घर्तीको हिजो नै दर्लिङ स्वास्थ्यचौकीमा उपचार गरिएको रहेछ ।’–कोइरालाले भने । थप उपचारको लागि प्रहरीको टोलीले बुर्तिबाङ स्वास्थ्य केन्द्रमा ल्याएको कोइरालाले जानकारी दिए ।
समयमा तरकारी नबनाएको भन्दै उत्पन्न विवादका क्रममा पत्नीलाई बन्दुक प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको कोइरालाले बताए । प्रहरीले घटना स्थलबाट एक थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।
सिर्जना पन्त
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | Small arms |
Primary Cause | Domestic violence |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | youth |
Total Injured | 1 |
Female Injured | 1 |
Youth Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19