Incident Reports

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2019-03-01

Lumbini, Dang, Tulsipur, Ward 4

तुल्सीपुर उपमहानगरपालिका-४ रक्षाचौर बस्ने २७ वर्षीय गणेश हमाललाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही उपमहानगरपालिका-७ डाँडापातु बस्ने २१ वर्षीय असिमसिंह राठोरलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

तुल्सीपुर उपमहानगरपालिका-५ ट्याक्सी पार्कमा राठोर समेत ३/४ जनाको समूहले हमाललाई खुकुरी प्रहार गरी फरार भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यायल तुल्सीपुरबाट खटिएको प्रहरीले फरार व्यक्तिहरुको खोजी गर्ने क्रममा सोही उपमहानगरपालिका-७ खर्चवाको जंगलमा भाग्दै गरेको अवस्थामा राठोरलाई फेला पारी पक्राउ गरेको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हमालको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार पश्चात थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ ।

घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website , Local Newspaper - Rupandehi , Local Newspaper - Dang

0 Comments

Related Reports