Incident Reports

फोन गरेर बोलाएर गोली हानेर युवकको हत्या

2019-03-02

Madhes, Sarlahi, Malangawa, Ward 8

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा गए राति अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ । गोली लागेर मलङ्गवा नगरपालिका–८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मलङ्गवा नगरपालिका–८ शीतभण्डार नजिक सडक छेउमा गोली हानी हत्या गरिएको अवस्थामा यादवको शव देखेर आज बिहान स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । घटनामा संलग्नको खोजी तीव्र पारिएको सर्लाहीका प्रहरी उपरीक्षक गणेशचन्द्र भट्टराईले जानकारी दिए । मृतकको मोबाइलसमेत साथमै भेटिएकाले अभियुक्त पहिचान गर्न सहज हुने प्रहरी उपरीक्षक भट्टराईले बताए । घटनास्थलमा गोलीको खोका पाँच थान र प्रयोग नभएको एक थान गोली फेला परेको उनले बताए । गए राति ९ बजे मृतक यादव घरमा भएको बेला एक व्यक्तिले फोन गरेर बोलाएपछि दाई घरबाट निस्केको मृतकका बहिनीले जनाएकी छिन् । सदरमुकाममै गोली हानी हत्या भएपछि अहिले मलङ्गवाका स्थानीयवासी त्रसित बनेका छन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
National/Online Media , Local Newspaper - Sarlahi , Local Newspaper - Saptari , Local Newspaper - Siraha

0 Comments

Related Reports