Incident Reports

बालिका बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुष पक्राउ

2019-03-01

Madhes, Siraha, Golbazar, Ward 9

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा गोलबजार नगरपालिका–९ डण्डाटोलका ३८ वर्षीय पोल्टु महरालाई पक्राउ गरेको छ । छिमेकी १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले महरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । गत शुक्रबार बेलुका खेतबारीबाट आउँदै गरेको अवस्थामा महराले आफूलाई बलात्कार गरेको पीडित बालिकाले बताएको प्रहरीको भनाइ छ । दुवै जनाको स्वास्थ्य परीक्षण गराएको र त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खरेलले बताए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Siraha

0 Comments