Incident Reports

एमाले र काङ्ग्रेस कार्यकर्ता बीच झडप l

2013-11-16

Madhav Basyal पाल्पा । ०७० मङ्सिर १ गते, क्षेत्र नम्बर १ को ज्यामिरे गाविसमा नेकपा एमालेले निर्वाचन प्रचार-प्रसार कार्यक्रम सकेर रामपुरको होटलमा खाना खाई रहेको अवस्थामा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले एमाले कार्यकर्तालाई आक्रमण गरेपछि दुवैपक्षबीच मङ्सिर १ गते झडप भएको छ । झडपको क्रममा ढुङ्गा हानाहान हुँदा नेपाली काङ्ग्रेसका कार्यकर्ता तीर्थराज रेग्मीको टाउकोमा चोट लागेको छ भने एमाले कार्यकर्ता प्रितम केसीको खुट्टामा चोट लागेको छ । दुवैको रामपुरस्थित अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ । विहान भएको झडपको विरोधमा नेकपा एमालेले रामपुर बन्द घोषणा गरेको थियो भने नेपाली काङ्ग्रेसले नियमित कार्यक्रम अनुसार मोटरसाईकल र्‍यालीको आयोजना गरेको काङग्रेस कार्यकर्ता विजय घिमिरेले बताए । बिहान ८ बजे नेपाली काङ्ग्रेसले मोटरसाईकल र्‍याली निकाल्ने र एमालेको बन्द कार्यक्रम बीच दुवै पक्षका कार्यकर्ता बीच झडप भएको र सोही समयमा सशस्त्र प्रहरीले माईकिङ्ग गरी कारबाही गर्ने चेतावनी दिएपछि दुवै पक्ष पछाडि हटेको इन्स्पेक्टर मिनबहादुर घलेले बताए । दुवै पक्षले शक्ति प्रदर्शन गर्न हजारौँको संख्यामा बिभिन्न गाउँबाट कार्यकर्ता रामपुरमा उतारेका थिए । यसैबीच, राजनीतिक दल प्रतिनिधिहरू र सुरक्षा निकायले दुवैपक्षलाई मङ्सिर २ गते बिहान ८ बजे जिल्ला स्तरका नेता सहित वार्ता गरी समाधान गर्ने सहमतिपछि सुरक्षा स्थिति सामान्य भएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताए । माधव बस्याल

0 Comments

Related Reports