2019-02-26
Bagmati, Kabhrepalanchok, Bhumlu, Ward 9
१३ र १५ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भुम्लु गाउँपालिका–९ ज्याम्दीका ३६ वर्षीय काजीमान तामाङलाई १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाद्वयलाई आरोपितले फागुन १४ गते यौन दुर्व्यवहार गरेको र पटक पटक पीडित बालिकाहरूको घरमा कोही नभएको अवस्थामा आएर सम्वेदनशील अङ्गहरू छुने, जिस्काउने र वनजङ्गल जाँदा पछ्याउने गरेको भन्दै आरोपितविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा फागुन १७ गते उजुरी दिएको प्रहरीले जनायो ।
उक्त उजुरीको आधारमा प्रहरीले आरोपितलाई १९ गते गिरफ्तार गरेको हो । पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण फागुन १७ गते धुलिखेल अस्पतालमा गरिएको छ ।
मुलुकी अपराध संहिता–०७४ अन्र्तगत करणीसम्बन्धी कसुरको दफा २२५ मा बाल यौन दुरूपयोग गर्न नहुने उल्लेख भएकाले आरोपितलाई हदैसम्म कारबाहीको माग गरिएको छ ।
भोजराज तिमल्सिना
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Rape |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 2 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19