Incident Reports

प्रहरी हिरासतमा बालिका र महिलामाथि यातना

2019-03-03

जिल्ला प्रहरी कार्यालयको महिला हिरासत कक्षमा राखिएका चारजना महिलालाई प्रहरीले कुटपिट गरी यातना दिएको भन्दै फागुन २१ गते इन्सेक जिल्ला प्रतिनिधिसँग यातना पीडितले चोट देखाउँदै गुनासो गरे ।

प्रहरी हिरासतमा राखिएका व्यक्तिहरूसँगको भेटघाटका क्रममा पीडितहरूले यस्तो गुनासो गरेका हुन् । पीडितहरूले पैताला र पिडुँलामा लागेको चोट देखाउँदै आफूहरूलाई रातको समयमा प्रहरीहरू आएर डण्डीले कुटपिट गरेको बताए ।

प्रहरीको यातनाबाट घाइते भएका पीडित महिलाहरूलाई जिल्ला अदालतको आदेशले ०७५ फागुन २० गते चौतारा अस्पतालमा उपचार गरिएको जिल्ला अदालतका श्रेष्तेदार लेखनाथ पौड्यालले बताए ।

हिरासतमा यातना पाउनेहरूमा भोजपुर जिल्ला धारापानी गाउँपालिका–५ की १७ वर्षीया मनिषा श्रेष्ठ, भोजपुर जिल्ला हतुवागढी गाउपालिका–९ की १६ वर्षीया सुस्मीता केसी, मकवानपुर जिल्ला राक्सीङ थुङवाङ गाउपालिका–२ की ३२ वर्षीया कल्पना रूम्वा र जाजरकोट जिल्ला घर भएकी १८ वर्षीया रमिता अधिकारी रहेका छन् ।

हिरासतमा यातना दिएकोे घटनाबारे जिल्ला प्रहरी कार्यालयका एसपी मुकुन्द मरासैनीसँग सम्पर्क गर्दा प्रहरीसँगको मुठभेडमा सामान्य घाइते भएको होला भन्दै अनुसन्धानको क्रममा हिरासतमा राखिएकाहरूलाई  यातना दिन आफूले आदेश नगरेको बताए ।

पीडितहरूलाई ०७५ फागुन १८ गते चौतारा सागाचोकगढी नगरपालिका–१० स्थित कार्कीटारबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो ।


नातिबावु धिताल


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Blunt weapon
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth youth
Total Injured 4
Female Injured 4
Youth Injured 3
INSEC

0 Comments

Related Reports