Incident Reports

निर्मला बलात्कार–हत्या प्रकरण : पूर्व डीएसपीसहित ६ जना पक्राउ

2019-03-08

निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा पूर्व डीएसपी ज्ञानबहादुर सेट्ठीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउदसहित ६ जनालाई पक्राउ गरेको कञ्चनपुरका डिएसपी कृष्ण ओझाले बताए ।

निर्मलाको बलात्कारपछि हत्या हुँदा कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट सहित ८ जना विरुद्ध प्रमाण नष्ट गरेको र निर्दोषलाई पक्राउ गरी शारीरिक तथा मानसिक यातना दिएको भन्दै मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा संलग्नलाई प्रहरीले पक्राउ गरी अभियोगपत्रसँगै अदालतमा पेश गरेको ओझाले बताए ।

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले तत्कालीन डिएसपी सेट्ठी, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का, इन्सपेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध उजुरी दिएका थिए ।

अनुसन्धानमा लापरबाही गरेको भन्दै एसपी विष्ट र इन्सपेक्टर भट्टलाई सरकारले सेवाबाट बर्खास्त गरिसकेको छ । अन्य ६ जना निलम्बनमा छन् ।

0 Comments