Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-03-04

Karnali, Salyan, Kapurkot, Ward 4

अपाङ्गता भएकी ३१ वर्षीया महिलालाइ बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले कपुरकोट गाउँपालिका–४ निवासी १९ वर्षीय विशाल घर्तीलाई फागुन २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले शिवरात्रीका दिन फागुन २० गते बलात्कार प्रयास गरेको स्थानीयबासीले जानकारी दिएपछि प्रहरीले घरैबाट आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर गिरीराज भण्डारीले जनाकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २३ गते जिल्ला अस्पतालमा गरिएको छ । स्थानीयले घटनालाई गाउँमै मिलाउन खोजेको खबर आएपछि इन्सेक र अधिकारकर्मीहरूले घटनाबारे प्रहरीलाइ जानकारी गराएका थिए ।

फागुन २३ गते मौखिक उजुरी आएपनि लिखित उजुरी दर्ता गर्ने समय नभएकालफागुन २६ गते आइतबारमात्रै मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।


मिना बुढाथोकी


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments