Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-03-07

Karnali, Rukum West, Musikot

मुसिकोट नगरपालिकाकी ३४ वर्षीया एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आठविसकोट नगरपालिका–११ का २० वर्षीय सुवास बटाला र मुसिकोट नगरपालिका–१३ का २५ वर्षीय यमन ओलीलाई फागुन २५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितद्वयले फागुन २३ गते बिहान महिलाको कोठामै गई संवेदनशील अङ्गमा छोएको र सोही दिन साँझ फेरि कोठामै गएर मुख थुनेर बलात्कार गर्न खोजेपछि भाग्न सफल भएको पीडित महिलाको भनाई छ ।

पीडित महिलाले फागुन २४ गते जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा उजुरी दिएको इन्स्पेक्टर प्रमोद क्षेत्रीले बताए ।


मनिषा केसी


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments