Incident Reports

कांग्रेस सभापतिमाथि आक्रमण, मोटरसाइकल भीरबाट फालिदिए l

2013-11-18

नेपाली काँग्रेस भिरकोट गाउँ कार्य समितिका सभापति टुनबहादुर नेपालीलगायतको टोलीमाथि अज्ञात समूहले आक्रमण गरी सख्त घाइते बनाएको छ। काहुँ शिवपुर गाविसको चैनपुर भन्ने जङ्ल नजिक चार÷पाँच जनाको समूहमा रहेको नकावधारी टोलीले आइतबार नेपालीसहित भिरकोट–२ का भोजराज रानाभाट, भिरकोट–१ ढुङ्गाडेका भरत काफ्लेलाई सो समूहले आक्रमण गरेको भिरकोट प्रहरी चौकीले जनाएको छ। शनिबार दमौलीमा भएको काँग्रेसको आमसभामा आएका उनीहरु दुईवटा मोटरसाइकलमा आइतबार गाउँ फर्कंदै थिए। घाइेतेमध्ये नेपालीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। नेपालीको टाउको, हात र खुट्टामा चोट लागेको छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको बताइएको छ। आक्रमणकारीले उनीहरु सवार ग४प ४९५९ नम्बरको मोटरसाइकल तोडफोड गरेर भिरबाट फालिदिएको प्रहरीले जनाएको छ । घाइते नेपालीको थप उपचारका लागि पोखरा पठाइएको छ। प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको बतायो।

0 Comments

Related Reports